Move Closer To Your World

अब नमस्तेले पनि ब्यालेन्स सापटी दिने !

0

काठमाडौँ

नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ ।

सोमबारवारबाट आफ्ना प्रिपेड ग्राहकको ब्यालेन्स सकिँदा एनसेलले जस्तै टेलिकमले पनि सापटी दिन सुरु गरेको हो । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ को सफ्ट लन्च गरेर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहेक ग्राहकले अब फोन गर्दागर्दै पैसा सकिए निरन्तर बोल्‍न पाउनेछन् । टेलिकमको प्रतिस्पर्धी एनसेलले यो सेवा सुरु गरेको लामो समय भइसकेको छ। युवा पुस्तालाई यो सेवाले तानेको देखेपछि टेलिकमले पनि सापटी दिन थालेको हो ।

टेलिकमको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवाको सुरूवात गरेका हुन् । यो योजना एक महिनाभित्र पुर्णरुपमा लागू भइसक्नेछ ।

टेलिकमले पैसा सकिएपछि ग्राहकले बोल्ने समयसीमा भने तोकिसकेको छैन । ग्राहकले बिनापैसा कुरा गर्न पाएको समय बराबरको रकम रिर्चाज गर्दा काटिने व्यवस्था गरिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.