Move Closer To Your World

पृथ्वीमा मात्र मानव प्राणी छैन मंगलमा पनि जमिनमुनि मानिसको बसोबास

0

२०७४ कार्तिक २३ बिहीबार

रुसका एक युवकले हालै यस्तो दाबी गरेका छन् कि त्यसबाट वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । २० वर्षका बोरिस्का किप्रियानोभिचले आफू पहिले मंगल ग्रहमा बस्ने गरेको दाबी गरेका छन् ।

उनले अन्तरिक्षका ग्रहबारे यस्तो सटिक जानकारी दिएका छन् कि त्यो वैज्ञानिकहरुका लागि पनि रहस्यको विषय बनेको छ । उनका अनुसार, इजिप्टको पिरामिडसँग मंगल ग्रहको सम्बन्ध छ, जब इजिप्टको पिरामिड खुल्नेछ- तब संसार अहिलेभन्दा फरक हुनेछ । बोरिसकाले इजिप्टको पिरामिडको बीचमा बनेको रहस्यमय व्यक्तिको भव्य शालिक खोल्ने राज पनि आफूले जानेको र त्यो शालिकको कानको पछाडिपट्टि कुनै भागमा रहेको बताएका छन्, त्यो खुलेसँगै दुनियाँ बदलिने उनको भनाइ छ । उनका अनुसार, मंगल ग्रहमा पनि मानिस बस्दछन् र त्यहाँका मानिस सात फिटजति अग्ला छन्, मानिसहरु जमिनमुनि बस्ने गर्दछन् । उनीहरु कार्बनडाइ अक्साइड लिएर बाँच्दछन्, उनीहरु कहिल्यै पनि मर्दैनन् किनकि ३५ वर्षपछि उनीहरुको उमेर नै रोकिन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.