Move Closer To Your World

नेपालमा विद्युत उत्पादनको इतिहास

0

२०७४ माघ १२ शुक्रबार

राणा प्रधानमन्त्री चन्द्र समशेर जंगबहादुर राणा बेलायत भ्रमण फर्केपछि वि.सं. १९६८ जेठ ९ गते चन्द्र ज्योति जल विद्युतगृहको स्थापना र उत्पादन सुरु गरिएको थियो । फर्पिङमा रहेको यो विद्युत गृहको क्षमता ५०० किलोवाटको थियो । नेपालको पहिलो र संभवत एसियाको दोस्रो जल विद्युत आयोजना यहि हो । यसपछि नेपालको दोस्रो सुन्दरीजल (६४० किलोवाट) र तेस्रो पनौती (२४ सय किलोवाट) विद्यत आयोजना हुन् ।

अध्ययन अनुसार नेपालमा ६ हजार साना ठूला नदी नालाहरु रहेको तथ्यांक छ । ती नदीनालाहरुबाट करिव ८३ हजार मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले बताएको छ । तर, यी अध्ययनहरु ठोस रुपमा नेपाल सरकारले गरेको होइन । विभिन्न दातृराष्ट्र, छिमेकी राष्ट्रहरु, संघसंस्थाहरु, औपनिवेशिक समयको इष्टइण्डिया कम्पनी र व्यक्तिगत अध्येताहरुबाट तयार पारिएको प्रतिवेदनको संश्लेषण हो ।

पहिलो विद्युतगृह स्थापना भएको सय वर्षे इतिहास भएपनि उत्पादनमा उल्लेख्य प्रगति हुन सकको छैन् । नेपाल सरकारले हालसम्म २७ वटा जल विद्युत आयोजनाबाट ४७२.९९४ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । लघु जल विद्युतको क्षेत्रमा सरकारी उत्पादन ४.५४ मेगावाट, डिजल प्लान्टबाट ५३.४१ मेगावाट र सौर्यशक्तिबाट ०.१० मेगावाट उत्पादन गरिरहेको छ ।

जल विद्युत क्षेत्रमा नीजि क्षेत्रको प्रवेशसँगै नीजि क्षेत्रले १७४.४८१ मेगावाट विद्युत उत्पादन थपिएको छ । निजी क्षेत्रका २३ वटा आयोजनाबाट उत्पादन भएको विजुली सहित जोड्दा हालसम्म ७०५.३३६ मेगावाट विद्युत उत्पादन र वितरण भएको छ । यसरी सरकारी क्षेत्रले कुल बिजुली उत्पादनको ७४.६५ प्रतिशत र निजी क्षेत्रले २५.३५ प्रतिशत भाग ओगटेको छ ।

बिजुलीको दीर्घकालीन समस्या समाधान गर्न जलासययुक्त आयोजनामा ध्यान दिनु जरुरी छ । तर, नेपाल सरकारले जलासययुक्त आयोजनामा प्राथमिकता दिएकै छैन । केवल परम्परागत ‘रन अफ रिभर’मा आधारित विद्युत आयोजनाहरु बनाउने नीति सरकारको छ । यसरी ‘रन अफ रिभर’ मार्फत नेपाल विद्युत प्राधिकरणबाट २२२ मेगावाट अर्थात ४६ प्रतिशत र नीजि क्षेत्रको ९६ मेगावाट अर्थात् १९ प्रतिशत विजुली उत्पादन हुन्छ । नेपालको जलासययुक्त विद्युत आयोजना कुलेखानी मात्र हो ।

 

हाल नेपालमा सञ्चालित हाइड्रोपावर

आयोजना

क्यापासिटी(मेवा)

खोला

सुरुवात मिती

समाप्त मिती

जिल्ला

१.खिम्ती–१

६०.०००

खिम्ती खोला

२०५१/११/०१

२१०१/१०/२९

दोलखा

२.देवीघाट

१४.१००

त्रिशूली

२०५१/१२/०६

२०२१/११/३०

नुवाकोट

३.गण्डक

१५.०००

नारायणी

२०५१/१२/०६

२०२१/११/३०

नवलपरासी

४.कुलेखानी–१

६०.०००

कुलेखानी

२०५१/१२/०६

२०२१/११/३०

मकवानपुर

५.कुलेखानी–२

३२.०००

कुलेखानी

२०५१/१२/०६

२०२१/११/३०

मकवानपुर

६.मस्र्याङदी

६९.०००

मस्र्याङदी

२०५१/१२/०६

२०२१/११/३०

तनहुँ

७.पनौती

२.४००

रोसी

२०५१/१२/०६

२०२१/११/३०

काभ्रेपलाञ्चोक

८.सेती

१.५००

सेती खोला

०५१/१२/०६२

२०२१/११/३०

कास्की

९.सुनकोसी

१०.०५०

सुनकोसी

०५१/१२/०६२

२०२१/११/३०

सिन्धुपाल्चोक

१०.तातोपानी

२.०००

तातोपानी

०५१/१२/०६२

२०२१/११/३०

म्याग्दी

११.तिनाउ

१.०२४

तिनाउ

०५१/१२/०६२

२०२१/११/३०

पाल्पा

१२.त्रिशूली

२४.०००

त्रिशूली

०५१/१२/०६२

२०२१/११/३०

नुवाकोट

१३.आँधी खोला

९.४००

आँधी खोला

२०५२/०१/०८

२०२१/१२/३०

स्याङजा

१४.झिमरुक खोला

१२.५००

झिमरुक

२०५२/०१/२५

२०२१/१२/३०

प्यूठान

१५.पुवा

६.२००

पुवा

२०५२/०५/२७

२०२१/१२/३०

इलाम

१६.मोदी खोला

१४.८००

मोदी खोला

२०५२/१०/२४

२०२१/१२/३०

पर्वत

१७.काली गण्डकी ए

१४४.०००

काली गण्डकी

२०५३/०७/२१

२०२१/११/३०

स्याङजा

१८.अपर भोटेकोशी

४५.०००

भोटेकोशी

२०५३/०८/१३

२०९३/०७/३०

सिन्धुपाल्चोक

१९.चिलिमे

२२.०००

चिलिमे

२०५४/०४/२६

२१०४/११/३०

रसुवा

२०.इन्द्रावती–3

७.५००

इन्द्रावती खोला

२०५४/११/१४

२१०४/०९/२९

सिन्धुपाल्चोक(ज्यामीरे)

२१.मध्ये मस्याङदी

७०.०००

मस्याङदी

२०५७/०३/१२

२१०६/०१/३१

लमजुङ

२२.पिलुवा खोला

३.०००

पिलुवा खोला

२०५७/०५/०५

२०९७/०४/३२

संखुवासभा

२३.सुनकोसी(स्मल)

२.६००

सुनकोसी

२०५९/०६/२२

२०९४/०३/३१

सिन्धुपाल्चोक

२४.मैलुङ्ग खोला

५.०००

मैलुङ्ग खोला

२०६०/१२/०३

२०९४/१२/३०

रसुवा

२५.चाकु खोला

३.०००

चाकु

२०६१/११/०४

२०९६११/०३

तातोपानी (सिन्धपाल्चोक)

२६.खुडी खोला

४.०००

खुडी

२०६१/११/१३

२०९६/११/१२

लमजुङ(सिम्पानी)

२७.थोप्पल खोला

१.६५०

थोप्पल

२०६३/०३/२५

२०९८/०३/२४

धादिङ

२८.मार्दी खोला

४.८००

मार्दी

२०६३/१०/०८

२०९८/१०/०७

कास्की

२९.रिदी खोला

२.४००

रिदी

२०६४/०२/१७

२०९९०२/१६

पाल्पा

३०.मई खोला

४.५००

मई खोला

२०६४/०८/२०

२०९९/०८/१९

इलाम

३१.हेवा खोला

४.४५५

हेवा खोला

२०६५/०१/२२

२०२१/०१/२१

संखुवासभा

३२.लोवर चाकु खोला

१.८००

चाकु

२०६५/०५/०९

२०२१/०५/०८

सिन्धुपाल्चोक

३३.सिपरिङ खोला

१०.०००

सिपरिङ

२०६६/०१/३०

२१०१/०१/२९

दोलखा

३४.लोवर मोदी

१०.००

मोदी खोला

२०६६/०५/०२

२१०१/०५/०२

पर्वत

३५.भैरव कुण्ड खोला

३.०००

भैरव कुण्ड

२०६६/०५/१९

२१०१/०५/१८

तातोपानी (सिन्धुपाल्चोक)

३६.सिउरी खोला

५.०००

सिउरी

२०६६/०५/३०

२१०१/०५/२९

लमजुङ

३७.आँखु खोला–1

७.०००

आँखु खोला

२०६६/०८/२६

२१०१/०८/२५

धादिङ

३८.बारम्ची खोला

४.२००

बारम्ची

२०६६/१०/२६

२१०१/१०/२५

सिन्धुपाल्चोक

३९.विजयपुर–ज्ञ

४.५००

विजयपुर

२०६६/१२/२२

२१०१/१२/२१

कास्की

४०.माथिल्लो मोदी

२५.०००

मोदी खोला

२०६७/०१/२७

२१०२/०१/२६

कास्की

४१.माथिल्लो माइ

१२.०००

माई खोला

२०६७/०४/२३

२१०२/०४/२२

इलाम

४२.माइ

२२.०००

माई खोला

२०६७/०५/१३

२१०२/०५/१२

इलाम

४३.चमवती खोला

३.५२०

चमवती

२०६७/०८/१७

२१०२/०८/१६

दोलखा

४४.जिरी खोला

२.४००

जिरी खोला

२०६७/११/१७

२१०२/११/१६

दोलखा

४५.मध्ये चाकु खोला

१.८००

चाकु

२०६७/१२/०७

२१०२/१२/०६

सिन्धुपाल्चोक

४६.राधी सानो

४.४००

राधी

२०६८/०१/२८

२१०३/०१/२७

लमजुङ

४७.टाडी खोला

५.०००

टाँडी खोला

२०६८/०८/०६

२१०३/०८/०५

नुवाकोट

४८.माथिल्लो मस्र्याङदी

५०.०००

मस्र्याङदी

२०६८/१२/१७

२१०३/१२/१६

लमजुङ

४९.थापा खोला

११.२००

थापा खोला

२०६९/०१/२६

२१०४/०१/२५

मुस्ताङ

५०.दरौंदी ए

६.०००

दरौंदी

२०६९/०२/१६

२१०४/०२/१५

मुस्ताङ

५१.झ्यारी खोला

२.०००

झ्यारी खोला

२०६९/०२/३०

२१०४/०२/२९

सिन्धुपाल्चोक

५२.नौगड खोला

८.५००

नौगड

२०६९/०३/३१

२१०४/०३/३०

दार्चुला

५३.माथिल्लो हुग्दी

    ५.०००

हुग्दी

२०६९/०४/३०

२१०४/०४/२९

गुल्मी

५४.माई कास्काडे

७ं०००

माई खोला

२०६९/०७/१५

२१०४/०७/१४

इलाम

५५.हेवा खोला ए

१४.९००

हेवा खोला

२०६९/०८/२१

२१०४/०८/२०

पाँचथर

५६.सभा खोला

३.३००

सभा खोला

२०६९/१०/०४

२१०४/१०/०३

संखुवासभा

५७.तुगुँन थोस्ने खोला

४.३६०

तुगुँन

२०६९/११/०३

२१०४/११/०२

ललितपुर

५८.खानी खोला

२.०००

खानी खोला

२०६९/११/०३

२१०४/११/०२

ललितपुर

५९.जोगमाईल खोला

७.६००

जोगमाई खोला

२०६९/१२/२९

२१०४/१२/२८

इलाम

६०.धरम खोला ए

२.५००

धरम

२०७०/०२/०२

२१०५/०२/०१

बाग्लुङ

६१.माथिल्लो पुवा

३.०००

पुवा

२०७०/०२/०६

२१०५/०२/०५

इलाम

६२.सार्दी खोला

४.०००

सार्दी

२०७०/०३/१३

२१०५/०३/१२

कास्की

६३.माथिल्लो माई सी

६.१००

माई खोला

२०७०/०३/२१

२१०५/०३/२०

इलाम

६४.छाँडी खोला

२.०००

छाँडी

२०७०/०५/२४

२१०५/०५/२३

लमजुङ

६५.पुवा खोला–I

४.०००

पुवा

२०७०/०६/२१

२१०५/०६/२०

इलाम

६६.द्धारी खोला

३.७५०

द्धारी

२०७१/०२/२६

२१०६/०२/२५

दैलेख

You might also like

Leave A Reply

Your email address will not be published.