२०७४ भदौ २६ सोमबार
शेरवहादुर देउवाले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर ५४ सदस्यीय बनाउँदै २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् । अहिलो दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्री र, रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएसंगै देउवा मन्त्रिपरिषदमा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् । पछिल्लो पटक उनले भदौ ४ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।