Move Closer To Your World

कांग्रेसको प्रतिनिधीसभा र प्रदेशसभा चुनावी घोषणापत्र

0

नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनको लागि घोषणापत्र तयार पारेको छ । घोषणापत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भ्रष्टाचार गर्ने पार्टीको रुपमा आरोप लगाएको छ ।

कांग्रेसको परराष्ट्र नीति

 

  • पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, राष्ट्रिय हित एवं सुरक्षा, विश्व शान्ति, अन्तर्राष्ट्रिय कानुन, लोकतन्त्र र मानवअधिकार परराष्ट्र सम्बन्धलाई मूल विषय बनाइनेछ ।
  • विश्व शान्ति स्थापनामा जोड दिदैँ« भारत र चीनसँगको बहुआयामिक र बहुपक्षीय सम्बन्धलाई उच्च प्राथमिकता दिँदै  मूल्य र मान्यताअनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा अरू सुदृढ र सुमधुर बनाइने ।
  • दुवै छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिबाट लाभ लिने गरी साझेदारीको नीतिलाई प्राथमिकता दिइने ।
  • मित्रराष्ट्रहरूको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालको भूमि कुनै पनि राष्ट्रको हितविपरीत प्रयोग गर्न नदिने ।
  • नेपालको शान्ति सुरक्षा, सम्मान र राष्ट्रिय हितविपरीत विदेशी भूमिबाट समेत कुनै पनि हिंसात्मक गतिविधि हुन नदिने ।
  • मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय संघ समुदायसँग पारस्परिक सम्मान, समझदारी, सद्भाव र समानताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं अन्य क्षेत्रहरूमा सहयोगात्मक सम्बन्ध कायम राख्ने ।
  • संयुक्त राष्ट्रसंघको माध्यमबाट नेपालले दिँदै आएको योगदान र अन्तर्राष्ट्रिय छविलाई निरन्तरता दिइने ।
  • क्षेत्रीय सहयोग, समझदारी र विकासका लागि सार्क तथा विमिस्टेक ,क्षेत्रीय संगठनहरूबाट सदस्य राष्ट्रहरूबीच समतामूलक लाभ प्राप्त हुने गरी नेपालको भूमिकालाई प्रभावकारी बनाउने नीति लिने ।
  • अल्प विकसित एवं भूपरिवेष्टित मुलुकहरूको हितअनुरूप द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सक्रिय र गतिशील भूमिका निर्वाह गरिने ।
  • भूपरिवेष्टित मुलुकले पाउने निर्बाध पारवहन सुविधाको सम्मान र प्रत्याभूति गर्ने नीति लिने ।

कांग्रेसका प्रतिबद्धता

  • अर्थतन्त्र सय खर्ब हाराहारीमा  पुर्याएर लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने ।
  • कुल गार्हस्थ उत्पादनको अनुपात औसत ५५  पुर्याउने ।
  • वार्षिक १ खर्बदेखि ५ खर्बबराबरको विदेशी प्रत्यक्ष लगानी भित्र्याउने ।
  • नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५५  पुर्याएर अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँस्ने ।
  • १५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन गरी आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गर्ने ।
  • गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३५ भन्दा कममा झार्ने ।
  • न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएको बृहत् सुरक्षा प्याकेजको कार्यान्वयन गर्ने ।
  • प्रत्येक नेपालीको स्वास्थ्य बिमा गर्ने ।
  • मोबाइल र इन्टरनेटको पहुँच सबै नेपालीमा  पुर्याउने ।
  • ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने ।
  • तराई, मधेस र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चित गर्ने व्यवस्था गर्ने ।
  • औसत नेपालीको आयु ७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १ हजारमा जीवित जन्म) बाट घटाएर १ अंकमा सीमित गर्ने, मातृ मुत्युदर २५८ (प्रति १ लाख जीवित जन्म) बाट घटाएर ५० मा झार्ने ।
  • नेपालको अन्तर्राष्ट्रिय छवि शतप्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्रको बनाउने ।
  • प्रमुख पर्यटकीय नगरहरूमा शतप्रतिशत र अन्य सहरहरूमा बहुसंख्यक सवारीसाधन विद्युतीय बनाउने ।
  • कुपोषण र भोकमरी निर्मूल पार्ने, सबै युवालाई साक्षर बनाउने र सीप र दक्षता हासिल गराउने ।
  • सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता अनिवार्य बनाउने ।
  • नेपालको जनसंख्या व्यवस्थित, सुविधासम्पन्न, आधुनिक सहरहरूमा बसोवास गर्ने व्यवस्था गर्ने ।
  • सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले वृद्धि गर्ने ।
  • नयाँ भवनहरू अनिवार्य रूपले भूकम्प प्रतिरोधी बनाउने ।

 

You might also like

Leave A Reply

Your email address will not be published.