Move Closer To Your World

आगामी एप्पलका फोनमा फेस आइडी आउने

0
  • केजी आई सेक्योरिटिजका मिंग उत्कृष्ट एप्पल विश्लेषकको नामले चर्चित छन् । हालै उनले एप्पलको बारेमा एक अर्को महत्वपूर्ण खुलासा गरेका छन् ।
  • उनले एप्पलले सन् २०१८ मा बजारमा ल्याउने नयाँ संस्करणको आइफोनमा व्यापक कटौती गरेको विषयमा खुलासा गरेका हुन् ।
  • रिपोर्ट अनुसार आगामी दिनमा आउने एप्पलका कुनैपनि आइफोनमा टच आइडी फिंगरप्रिन्ट सेन्सर रहनेछैन । एप्पलले लोकप्रिय फिचरलाई आगामी संस्करणका आइफोनबाट हटाउने निर्णय गरेको हो ।
  • कुओका अनुसार आइफोनमा अब टच आइडीको साटो फेस आइडी फिचर रहनेछ । आगामी आइफोन एक्सबाट यो पोलाराइजिङ फेसियल रिकग्नीसन फिचरले डेब्यु गर्दैछ ।
  • प्रतिस्पर्धात्मक लाभ लिनका लागि यस्तो निर्णय गरेको बताइएको छ । एप्पलको प्रतिस्पर्धी एन्ड्रोइड फोनलाई यसमा पुग्न केही वर्ष लाग्नेछ ।
  • यद्यपि फेस आइडी फिचरको बजारमा परीक्षण समेत भइनसकेको अवस्थामा जुवा खेलाई जस्तो भएको विश्लेषक बताउँछन् ।
  • कतिपय अवस्थामा फेस आइडी फिचर टच आइडीको तुलनामा कठीन तथा असान्दर्भिक हुनेछ । हिँडिरहेको बेलामा फोन अनलक गर्नका लागि फोनको स्क्रिनमा स्थिर भएर हेर्न असम्भव हुनेछ भने एप्पल पेबाट तत्काल भुक्तानी गर्न र कुनै मिटिङमा रहेको बेला टेबुल मुनि राखेर आइफोन अनलक गर्न समेत सकिनेछैन ।
  • साइबर सुरक्षा विज्ञहरुले टच आइडीलाई हटाएर फेस आइडी राख्नुको साटो आइफोनमा टच र फेस आइडी दुबै फिचर राख्नु उत्तम हुने र यसले आइफोनलाई झनै सुरक्षित बनाउने सुझाव दिएका छन् ।
  • तर एप्पल चाहीँ केही फरक गर्ने सोचमा छ र आगामी वर्ष आउने आइप्याडमा फेस आइडी फिचर थप्नेछ । यद्यपी म्याकबुक र म्याकमा फेस आइडी कहिले आउने भन्ने चाहीँ खुलेको छैन ।
You might also like

Leave A Reply

Your email address will not be published.