Move Closer To Your World

स्मार्टफोन लिँदा अपनाउनुपर्ने सावधानी

0

नयाँ स्मार्ट फोन किनेपछि सावधानी अपनाउनु आवश्यक । स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता पर्ने ।
डिस्प्लेको सुरक्षा 

  • सानो कारणले पनि डिस्प्ले फुट्नु नै स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ।
  • यसको सुरक्षाका लागि डिस्प्लेमा राम्रो गुणस्तरको ’टेम्पर्ड ग्लास’ प्रयोग आवश्यक ।
  • सामान्य ‘स्त्रिकनगार्ड’ले डिस्प्ले स्क्र्याच हुनबाट जोगाएजस्तै ‘टेम्पर्ड ग्लास’ले डिस्प्ले फुट्नबाट जोगाउने ।

ब्याक कभरको प्रयोग

  • स्मार्ट फोनको डिस्प्ले बाहेकको भागलाई सुरक्षित राख्न र  ‘स्क्रयाच’ हुनबाट जोगाउन ब्याक कभरको प्रयोग आवश्यक ।
  • यसले समग्र स्मार्टफोनलाई सुरक्षितमात्र होइन– आकर्षक पनि बनाउने ।
  • हाल बजारमा विभिन्न फेसनेबल ब्याक कभर उपलब्ध हुने भएकाले मोबाइलको सुरक्षासँगै आकर्षक देखाउन पनि यो उपयोगी ।

वीमा

  • अचेल स्मार्टफोनको पनि वीमा गराउने व्यवस्था ।
  • विभिन्न कम्पनी द्वारा स्मार्टफोनको वीमा गराउन सुरु ।
  • स्मार्टफोनको वीमा गराउँदा ‘फिजिकल ड्यामेज’ वा मेकानिकल खराबीमा लाग्ने ठूलो धनराशि बचाउन सकिने ।

एप लकको प्रयोग

  • स्मार्टफोनमा रहेका म्यासेज, फोटो तथा अन्य डकुमेन्टको सुरक्षा र गोपनीयताका लागि एपलक आवश्यक ।
  • इन्ड्रोइड फोनका लागि यसलाई गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने ।
  • यसले स्मार्टफोनमा रहेका गोप्य सामग्री बाहिरिने डर नहुने , चोरी हुनबाट जोगाउने

स्मार्टफोन चोरी हुने वा हराउने सम्भावना निकै ।

  • यसबाट बच्न स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई सक्रिय बनाउनुपर्ने ।
  • यसले फोन हराउँदा लोकेसन पत्ता लगाउन सजिलो हुने ।
  • फोनमा गुगल ‘साइन इन’ भएमा पनि हराएको वा चोरी भएको फोन पत्ता लगाउन सजिलो हुने ।

एन्टी मालवेयरको प्रयोग

  • नयाँ स्मार्टफोन किनेलगत्तै सबैभन्दा पहिले एन्टी मालवेयर र डाटा सेक्युरिटी सफ्टवेयर इन्स्टल गर्नु आवश्यक ।
  • यसले मोबाइलको महत्वपूर्ण डाटा र अन्य सफ्टवेयरको सुरक्षा गर्न सहयोग हुने ।
You might also like

Leave A Reply

Your email address will not be published.