Move Closer To Your World

दुर्गा तिवारी का हत्यारा कतारबाट समातिए

0 85

२०७४ पौष २९ शनिबार

काठमाडौं

रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । सिंजाली कतारबाट पक्राउ परेका हुन्। मनोज पुन समुहले वुटवल आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न हत्या लगायतका अवैध र आपराधिक क्रियाकलाप गर्दै आएको छ।

प्रहरीलाई समेत चुनौती दिदै आएको सो समुहमा रहेका सिंजालीलाई प्रहरीले खोजी रहेको थियो। सिंजाली कतारमा रहेको  सूचनाका आधारमा प्रहरीले कतारबाट समातेर  नेपाल ल्याउन सफल भएको हो। उनलाई आवश्यक कारबाहीका लागि इप्रका बुटवल पठाइने प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

Comments
Loading...
Facebook Auto Publish Powered By : XYZScripts.com